images
images
  • आजबाट काठमाडौं उपत्यकामा सिमित बैंकका शाखा खुल्ने, कुन बैंककाे शाखा कहाँ खुल्छ? (सुचीसहित)

    काठमाण्डौ । कोरोनाको दोस्रो लहरको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका क्रममा आजदेखि काठमाण्डौ उपत्यकामा सीमित संख्यामा मात्र बैंक तथा वित्तीय संस्थाहरु खुल्न दिइने भएको छ।

    नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सर्कुलरअनुसार बिहीबारदेखि काठमाण्डौ उपत्यकामा वाणिज्य बैंकहरुका ६ शाखामात्रै खुल्ने भएका छन्। जसअनुसार काठमाण्डौ जिल्लामा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा सञ्चालनमा आउने भएको छ।

    यसैगरी विकास बैंकलाई ४ र वित्त कम्पनीलाई ३ वटामात्रै शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार विकास बैंकले काठमाण्डौ जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एक वटा शाखा गरेर जम्मा ३ वटामात्रै शाखा खोल्न पाउनेछन् ।

    commercial
    devlopment1

    प्रतिक्रिया दिनुहोस्
    images
    images