images
images
  • एनआईसी एशिया बैंकको डेपुटी सीईओमा राठी नियुक्त

    काठमाडौं– -एनआईसी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

    ८ जेठमा बसेको सञ्चालक समितिको बैंठकले राठीलाई १ साउन २०७९ देखि लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।१९ मंसिर २०६४ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका थिए ।

    समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा राठीको विशेष दक्षता रहेको बैंकले जनाएको छ । नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव सम्हालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images