images
images
  • वैदेशिक रोजगार बचतपत्र खुल्यो,केके छन् फाइदाहरु ?

    काठमाडौं–नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ। ५ वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउँछन्।

    ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो। हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११.०३ प्रतिशत मात्रै ब्याज दिन्छन्। बचतपत्रमा लगानी गर्नेले आफैं वा इच्छाएको व्यक्तिमार्फत् नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन्।

    ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ। घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निशेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ। बचतपत्रका लागि असार ६ गतेसम्म आवेदन दिन सकिन्छ। २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ।

    देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन्। यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ।

    वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?
    मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि ५ वर्षको छ ।

    फाइदाहरु
    1.यस्तो बचतपत्रमा निश्चित वर्षका लागि लगानी गरिन्छ । उक्त अवधि सकिएपछि सावाँसहित फिर्ता पाइन्छ ।

    2’व्याज वाणिज्य बैंकहरुमा प्रचलितभन्दा बढी पाइन्छ । अहिले जारी गरिएको वैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत व्याज दिइएको छ ।

    3.व्याजका लागि भने पूरै समय कुर्नुपर्दैन । बचतपत्रको अवधि नसकिँदासम्म ६।६ महिनामा व्याज भुक्तानी पाइन्छ ।

    4.आवश्यक परे बचतपत्रलाई धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ भने विक्री गर्न पनि सकिन्छ ।

    5.यस्तो बचतपत्रमा लगानी गर्नु भनेको देशको विकासमा योगदान पुर्याउनु हो । किनकि, यसरी उठाएको रकम राष्ट्र बैंकमार्फत सरकारले विकास निर्माणका काममा प्रयोग गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images