काठमाडौं– शेष घले नेतृत्वको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोशी बाढीबाट अभिभावक गुमाएका ११० बालबालिकाको कक्षा १२ सम्मको शिक्षा तथा आवश्यक खर्च व्यहोर्ने भएको छ ।
फाउन्डेसनले बालबालिकाको विद्यालय तथा परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोसाक, यातायात, आवश्यकताअनुसार खाना तथा आवास, स्वास्थ्य बीमा र मनोसामाजिक परामर्शको व्यवस्था गर्ने जनाएको छ ।
कार्यक्रमका लागि फाउन्डेसनले नेपाल सरकारसमक्ष औपचारिक प्रस्ताव पेस गरिसकेको छ । बालबालिकाको पहिचान, प्रमाणीकरण, दोहोरो सुविधा नियन्त्रण र विद्यालय भर्नाको समन्वय स्थानीय तथा सरकारी निकायमार्फत गरिनेछ ।
फाउन्डेसनले कार्यक्रमका लागि एमआईटी समूहका सदस्य तथा अष्ट्रेलियाली समुदायलाई सहयोग गर्न आह्वानसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















