लण्डन– गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष र व्यवसायी शेष घले तथा जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरूको सूचीमा परेका छन्।
सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीहरूमा समावेश भएका उनीहरूले लगातार १८ वर्षसम्म यो सूचीमा आफ्नो स्थान कायम राखेका छन्।
घले दम्पतीले मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी स्थापना गरी शिक्षा तथा घरजग्गा क्षेत्रमा व्यवसाय गर्दै आएका छन्।
द अष्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ को सूचीअनुसार, घले र गुरुङ क्रमशः १५० औं र १५१ औं स्थानमा रहेका छन्।
उनीहरूले संयुक्त रूपमा १ अर्ब २१ करोड डलरको सम्पत्ति जोडिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















