images
images
  • पलको मुद्दामा बहस सकियो, के आयो अदालतको आदेश ?

    काठमाडौं– बलात्कार आरोपमा थुनामा रहेका कलाकार पल शाह (पूर्णविक्रम) को मुद्दाको बहस सकिएको छ।

    एक नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

    न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा बसह सकिएको छ। कलाकार शाहतर्फका र सरकारी वकिल दुबैतर्फको बहस सकिएको छ।

    बलात्कार आरोपमा उजुरी परेपछि गत फागुन ११ गते शाहले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो। दुबै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images