images
images
  • दराजविरुद्ध पत्रकारले दिए ठगीको उजुरी

    काठमाडौं- पछिल्लो समय अनलाइनबाट सामान खरिद कार्य बढ्दै गएको छ । त्यत्तिकै मात्रामा ठगिका घटनाहरु पनि आईरहेको छ ।

    वरिष्ठ आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले दराज अनलाइनविरुद्ध उजुरी दिएका छन् । इ-कमर्स कम्पनी दराजबाट सामान खरिद गर्दा ठगिएको भन्दै उनले उजुरी दिएका हुन् ।

    पत्रकार बुढाथोकीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १४, १८ र ३६ बमोजिम कारबाही माग गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा निवेदन दिएका हुन् ।

    यस्तो थियो घटना : 

    उनले दराजबाट मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेका थिए । उक्त उत्पादन आफ्नो मेसिन अनुकूल नभएका कारण १७ मे २०२२ का दिन दराजले पठाएको प्याक फिर्ता गरेका थिए ।

    फिर्ता गरेको र पैसा फिर्ता नगरेपछि २५ मे २०२२ का दिन इमेल गरेका थिए । दराजले इमेलमा १ जुन २०२२ सम्म पैसा फिर्ता गर्ने रिप्लाई गरेको थियो । उनले अहिलेसम्म पैसा फिर्ता नगरी ठगी गरेका कारण उजुरी गर्नु परेको बताएका छन् ।

    कम्पनीको नियमानुसार ७२ घण्टाभित्र रकम फिर्ता गर्ने भन्ने नियमसमेत उल्लंघन भएको उनको भनाइ छ ।

    ‘दराज नेपालमाथि आज ठगीमा उजुरी दर्ता गरियो । १७ मे २०२२ मा सामान फिर्ता गरेकोमा फिर्ता गरेको र ७२ घण्टाभित्र पैसा फिर्ता नगरेपछि मैले २५ मे २०२२ का दिन इमेल गर्दा १ जुन २०२२ सम्म पैसा फिर्ता गर्ने भनेकोमा आजसम्म पैसा फिर्ता नगरी ठगी गरिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी गरेको हुँ’,’ उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images