images
images
  • लोकगायिका कल्पना दाहालले गरिन् ‘कोर्ट म्यारिज’, को हुन् त श्रीमान ?

    काठमाडौं- चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो ।

    सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

    दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार विवाहका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विवाह दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो ।

    गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images