images
images
  • एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समाजवादीको निर्देशन

    काठमाडौँः नेकपा एकीकृत समाजवादी ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेको छ ।

    एमालेबाट अलग्गीएर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनमा रहेको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयर जितेको छ।

    भने देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीकातर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।

    भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन भनेका छन् ।

    यस्तो छ सर्कुलरः 

    mmmmmmm

    प्रतिक्रिया दिनुहोस्
    images
    images