images
images
  • मूल्यवृद्धिविरुद्ध सत्ता गठबन्धननिकट विद्यार्थीद्वारा आयल निगम घेराउ

    काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सरकारमा रहेको दल निकट विद्यार्थी संगठनले आयल निगममा घेराउ गरेका छन् । बुधबार बिहान निगम पुगेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेको हो ।

    घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो ।

    nsu2

    प्रदर्शनकारीले जनप्रतिनिधि फेरिए जनजीविका फेरिएन, सबै मूल्यवृद्धिको जड, पेट्रोलियम पदार्थको कर, छिटाे फिर्ता गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    यसअघि १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

    नेपाल आयल निगमले आइबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images