images
images
  • सोमबार सुन-चाँदीको मूल्य स्थिर

    काठमाण्डौँ- सोमबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

    पछिल्लो केही दिन सुनचाँदीको मूल्य घटेकोमा यो साता भने बढिरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो साताको सोही दिन अर्थात् सोमबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा करोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images