बुटवलको मुख्य केन्द्र मिलनचोकमा आज साँझ अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ ।
मिलनचोकको सनराइज बैंक अगाडि कुकर बम बिस्फोट गराइएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ । साँझ ८ बजेर १५ मिनेट जाँदा बम बिस्फोट भएको चर्को आवाज स्थानीयहरुले सुनेका थिए ।
बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्छ । रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले विस्फोटबाट मानवीय क्षति नभएको बताउनुभयो । बम विस्फोट गर्नेको खोजी भइरहको उहाँले बताउनुभयो ।
विस्फोटपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























