images
images
  • मतदाता परिचयपत्र वितरण सुरु

    काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

    देशभरका मतदान केन्द्रहरूबाट आयोगले परिचयपत्र बाँड्न थालेको हो । परिचयपत्र वितरण कार्यालय समयसम्म जारी रहने छ ।

    राजधानीसहित देशैभरका मतदान केन्द्रमा परिचयपत्र लिनेहरूको भीड लागेको छ ।

    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई परिचय पत्र दिइएको हो ।

    तर, मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो परिचय खुल्ने जुनसुकै कागजात देखाएर मत दिन पाउने पनि निर्वाचन आयोगले जनाएको छ ।

    मतदाता परिचयपत्र वितरणसँगै मत दिने तरिका पनि सिकाइरहेको पनि आयोगले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images