images
images
  • माओवादी केन्द्रबाट जितेका वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

    बर्दिया । नेकपा माओवादी केन्द्रबाट निर्वाचित एक वर्डा अध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गरेका छन् । ठाकुरबाबा नगरपालिका वर्डा नम्बर ४ का अध्यक्ष शेर बहादुर थारुले माओवादी परित्याग गरेका हुन ।

    आफूले लामो समय इमान्दारीपूर्वक पार्टीको सिपाहीको रुपमा काम गरेको भएपनि पछिल्लो समय आफ्नो मानमर्दन हुने गरी निर्णय हुन थालेपछि माओवादी केन्द्र परित्याग गर्नुपरेको थारुको भनाई छ ।

    व्यक्तिगत मानमर्दन हुने गरी पार्टीबाट अपमानजनक व्यवहार भएको उल्लेख गर्दै थारुले जारी गरेको विज्ञप्तीमा लेखेका छन्, ‘म प्रति पूर्वाग्रह राखि भेदभावपूर्ण व्यवहार गरी अवसरबाट वञ्चित गर्ने काम भएकोले आजैका मितीबाट एकीकृत समाजवादी पार्टीमा आवद्ध भएको जानकारी गर उन चाहन्छु ।’

    माओवादी केन्द्रको साधारण सदस्य नरहेको घोषणा गर्दै थारुले नेकपा (एकीकृत समाजवादी) पार्टीको सदस्यका रुपमा आगामी दिनमा पनि जनताको सेवामा प्रतिवद्ध भइरहने बताएका छन् ।

    278828983 5114008065328766 3906619695707158728 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images