images
images
  • स्थानीय तहको निर्बाचन: ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौं- निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ ।

    आज आयोगले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

    ‘७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ६७६ निर्वाचन अधिकृतहरूले सम्बन्धित पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images