images
images
  • आफ्नै निर्णय विपरीत बालुवाटारमा कांग्रेसका बैठक

    काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ ।

    गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमै राख्दै आएको छ ।

    कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने भन्दै ८ साउनमा डाकिएको पार्टी बैठकलाई सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा राखिएको थियो ।

    बालुवाटारमा बैठक राख्दा पार्टीभित्र र बाहिर आलोचना भएपछि कांग्रेसले गत ८ साउनमा डाकिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलाई देउवा निवास बुढानीलकण्ठमा राखेको थियो ।

    तत्कालीन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको औपचारिक बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने जानकारी दिँदै ट्वीट गरेका थिए ।

    विगतको गलत परम्परालाई तोड्दै अबदेखि पार्टीको औपचारिक बैठकमा नबस्ने उनले बताएका थिए । सोही निर्णय कार्यान्वयन गर्दै गत ८ साउनमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठमा राखिएको थियो ।

    तर, सोही निर्णयविपरीत बिहीबार पनि बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

    278846896 509304660835726 1613957253749755733 n.jpg

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images