images
images
  • बाइडेनद्वारा ९० दिनभित्र कोरोना उत्पतिबारे छानविन गर्न एजेन्सीलाई निर्देशन


    वासिङ्टन। दुई दिनअघि प्रमुख अमेरिकी चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरलाई मानिसले उत्पति गरेको भन्ने कुरा स्वीकार्न आफू तयार नरहेको बताएका थिए ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले खुफिया एजेन्सीलाई ९० दिनभित्र भाइरसको उत्पतिबारे स्पष्ट तथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

    चीनले बुझेरै भाइरस फैलाएको हो वा त्यहाँको प्रयोगशालाबाट चुहावट भएको हो भन्ने तथ्य पत्ता लगाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् ।

    बाइडेनले एक वक्तव्य जारी गर्दै पुनः एकपटक भाइरस उत्पतिको तथ्य र सूचना संकलन गर्न भनेका छन् । संक्रमित व्यक्ति पशुसँगको सम्पर्कमा आउनुभन्दा पहिले नै भाइरस फैलिएको हो वा ल्याबाट बाहिरिएको हो भन्ने तथ्य आउनु जरुरी रहेको जनाइएको छ ।

    बाइडेनले जाँचका लागि सहयोग गर्न चीनलाई आग्रह गरेका छन् । केही दिन पहिले अमेरिकाको वाल स्ट्रिट जर्नलमा प्रकाशितमा उल्लेख भएअनुसार २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका तीन शोधकर्ताले उपचारका लागि आफूलाई अस्पताल भर्ना गर्न आग्रह गरेका थिए ।

    अमेरिकास्थित चिनियाँ दूतावासले बुधबारै एक वक्तव्य जारी गर्दै भाइरस उत्पतिलाई लिएर राजनीतिकरण नगर्न भनेको छ । उसले अमेरिकासहितका पश्चिमा मुलुकले यसबारे ‘षड्यन्त्रको सिद्धान्त’लाई पछ्याइरहेको समेत दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images