images
images
  • भारतमा थपिए २ लाख ११ हजार नयाँ संक्रमित, ३८ सयको मृत्यु


    दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २ सय ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    कोरोनाभाइरस संक्रमणका कारण २४ घण्टामा ३ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ । यहाँ संक्रमण दरमा कमि आए पनि मृत्युदरमा भने कमि आएको छैन ।

    यहाँ २ लाख ८३ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । पछिल्लो साता भारतमा नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ ।

    भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या २ करोड ७३ लाख भन्दा बढी छन् भने २ करोड ४६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ कुल ३ लाख १५ हजार २ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् भने २४ लाख १९ हजार ९ सय ७ जना संक्रिय संक्रमित रहेका छन् ।

    Facebook 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images