images
images
  • सूर्यविनायकमा मेयर पदका उम्मेदवार किरण थापा भन्छन्: ‘सुनौलो भक्तपुर बनाउने तपाईको चाहना पुरा गर्ने मेरो अभिभारा’

    भक्तपुर-एमाले भक्तपुरमा यतिखेर नगर प्रमुख, उप्रमुख, वडाध्यक्षदेखि वडासदस्यसम्म उम्मेदवार बन्न चाहनेहरुको लर्को लागेको छ । सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा उम्मेदवार बन्नेहरुको लर्को लागेको हो । चुनाव नजिकिएको बेलामा एमालेमा पुस्तान्तरण अथवा युवालाई पद हस्तान्तरणको अभियान सुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले आफू वडामा नभई नगर प्रमुखमा उम्मेदवारी दिने बताउदै वडा भने युवामा पुस्तान्तरण गरिएको बताए । सूर्यविनायक नगर कमिटीबाट जिल्ला कमिटीमा नगर प्रमुखको नाम सिफारिस गरेपछि उहाँले पार्टीले टिकट दिए पार्टीको शीर उच्च राख्ने गरि नगर प्रमुखको जिम्मेवारी पुरा गर्ने संकल्प व्यक्त गरे ।

    थापाले आफूले हाक्दै आएको वडाको वडाध्यक्षको लागि युवा संघ भक्तपुरका अध्यक्ष एवं युवा पुष्पराज बस्नेतको नाम एकल एवं सर्वसम्मत रुपमा प्रस्ताव गराएका छन् । यस वडामा एमालेले सर्वसम्मत रुपमा बस्नेतको नाम प्रस्ताव गर्दै वडाध्यक्ष एवं नगर प्रमुखका उम्मेदवार किरण थापाले अबको समय युवालाई अगाडि बढ्न प्रोत्साहन दिनु पर्ने बताए ।

    आफ्नो वडामा पुस्तान्तरणको अभ्यास सुरु भइसकेको भन्दै एक पटक मात्र पदमा रहने मान्यतालाई आत्मासात गर्दै वडाध्यक्षका रुपमा पुष्पलाई अगाडि सारेको उनको तर्क छ । एउटै व्यक्ति एक पदमा दोहर्याएर बस्नु भन्दा पनि नयाँलाई अवसर दिदाँ मतदातामा वा जनतामा खुसी प्रर्वाह हुने र विजयी हुने सुनिश्चिता बढ्ने भएकाले पनि उम्मेदवारी दोहर्याउन नहुने मान्यता अनुरुप अब वडामा नउठ्ने निर्णय गर्दै पुस्तारन्तण गरिएको बताए । थापाले वडा युवालाई छाड्दै भक्तपुरको सूर्यबिनायक नगरपालिकामा मेयरका लागि उम्मेदवारी प्रस्तुत गरेको बताए । युवा नेता्, एवं सामाजिक व्यक्तित्व किरण थापाले पद प्राप्त गर्नुमात्रै आफ्नो लक्ष्य नभई भक्तपुरको बिकासका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

    किरण थापाले भने “पद प्राप्त गर्नुमात्र मेरो लक्ष्य होइन । मेरो उद्देश्य त पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक पार्न उम्मेदवारी रहेको हो । सक्षम सवल समृद्ध विकसित सूर्यबिनायक नगरपालिका निर्माणको लागि मेरो उम्मेदवारी हो । यहाँको ऐतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्परा, भौतिक संरचनाको निर्माण, खानेपानी, सिंचाई, कृषि, पर्यटनको बिकास, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा पहुँच, महिला तथा बेरोजगारहरुको हातमा सीप बिकास, रोजगारी, आत्मनिर्भरताको बिकास, चेतना एवं ज्ञान अभिबृद्धि जस्ता अनेकौ पाटोलाई पूर्णता दिएर पार्टी अध्यक्ष ओलीको अभियानलाई सार्थकता दिने लक्ष्यका साथ पुस्तान्तरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारीका लागि सिफारिस गरिएको हो ।”

    सूर्यविनायक वडा नं. ८ मा पार्टीको सुदृढिकरण, बिकास र पार्टीलाई मजबुद बनाएर एमालेको लालकिल्ला बनाउन सफल थापाले सूर्यविनायक नगरपालिकाको सिंगो क्षेत्रलाई एमालेको लालकिल्ला बनाउने अभियान अगाडि सारेका छन् भने, थापाले वडा अध्यक्ष भएर उत्कृष्ट कार्य गरे जस्तै सिंगो नगरपालिकालाई देशकै उत्कृष्ठ र नमूना नगरपालिका बनाउने उदेश्यका साथ नगर प्रमुखको उम्मेदवारी प्रस्तुत गरेको थापा बताउछन् ।

    सुनौलो भक्तपुर बनाउने तपाईहरुको चाहना पूरा गर्ने मेरो अभिभारा हो भन्ने राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा निकै नै सफल मानिएका थापाले लामो राजनीतिक एवं व्यवसायिक यात्राको अनुभवलाई नगरको बिकासमा केन्द्रीत गर्ने लक्ष्य रहेको छ । पार्टीको जिल्ला कमिटिको सदस्यसमेत रहेका थापाले वडामा जसरी काम गरेको छु त्यसरी नै नगरपालिका भरी काम गर्ने लक्ष्य, योजना, दूरदर्शिता रहेको बताउन छन् । पार्टीबाट मेयरमा आफ्नो नाम सिफारिस हुनेमा पूर्ण विश्वस्त रहेका थापा पार्टीले टिकट दिएर समृद्ध सूर्यविनायक सुखी जनता बनाउने लक्ष्य हासिल गर्दै एमालेको अभियानलाई सार्थकता दिने लक्ष्य रहेको बताउछन् ।

    थापा भन्छन्, “हाम्रा श्रदेयी अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको थियो कि जनताको मुर्छिएका सपनाहरु ब्युझाउने प्रयास गरेको छु, हो त्यही सपनालाई साकार पार्दै एमालेलाई सफल पार्ने अभियानका साथै सूर्यविनायकवासीका मूर्छिएका सपनालाई सार्थक बनाउन मेरो उम्मेदवारी हो ।”

    सूर्य बिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान, रंगशालाको विकास, व्यवस्थित स्कुल, नगरबासीको आर्थिक उपार्जन हुने काम, युुवा स्वरोजगारका गतिविधि, पर्यटन प्रवद्र्धनका साथै विगतमा निरन्तर रहेका कामलाई पुरा गर्ने अठोट आफूसँग रहेको उहाँ बताउनु हुन्छ । सूर्यविनायक क्षेत्रमा युवाहरुको चाहना पनि किरण थापानै भएकाले एमालेलाई अग्रपंक्तिमा उभ्याउने सपना पुरा गर्नु आवश्यक रहेको युवा कार्यकर्ताहरु बताउछन् ।

    थापाले पद प्राप्त गर्न मात्रै आफूले उम्मेदवारी प्रस्तुत नगरी विकास र समृद्धिको यात्रा पुरा गर्ने लक्ष्यका साथ अगाडि बढेको बताउछन् । उनी भन्छन्, “मेरो उद्देश्य त साच्चै नै सक्षम सवल समृद्ध विकसित सूर्यबिनायक नगरपालिका निर्माणको लागि हो, यहाँका ऐतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्पराहरुको स्याहार सुसार, सम्बद्र्धनमात्र होइन पुस्तान्तरणलाई मौलिक रुपमा प्रबद्र्धन गर्नु पनि मेरो लक्ष्य हो ।”

    वडामा आफूले गरेको उत्कृष्ठ कामले नै आफ्नो पहिचान बोकेको बताउने थापा वडाको अनुभवलाई सिंगो नगरमा कार्यान्वयनमा लैजाने र एमालेको मात्रै नभई अन्य दलको समेत भोट तान्न सक्ने क्षमता राखेकाले पनि उम्मेदवारी प्रस्तुत गरेको तर्क छ ।
    आफूले गरेको कामबाट जसरी वडाबासीको मन जित्न सफल भइयो त्यसैगरि आगामी दिनमा मेयर बनेर नगरपालिकाको समग्र विकासमा आफ्नो तर्फबाट योगदान गर्ने लक्ष्य रहेको थापाले बताउछन् । राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभव अब नगरपालिकाको विकासमा केन्द्रित गर्ने उनको भनाइ छ । पार्टीको जिल्ला कमिटिको सदस्यसमेत रहेका थापाले पार्टीले मेयरमा आफूलाई सिफारिस गर्नेमा विश्वस्त रहेको पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images