images
images
  • संसद विघटनः राष्ट्रपतिविरुद्ध परेका सबै रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाईका लागि राणाको एकल इजलासमा पेशी तोकिएको छ ।

    देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा रिटमा परमादेशमार्फत सपथको बाटो खुला गर्न माग गरिएको छ ।

    सर्वोच्चका अनुसार आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार शेरवहादुर देउवासहित बाँकी ११ रिटको सुनुवाइ हुनेछ जुन संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिट हुन्।१४६ जना सांसदसहित कांग्रेस सभापति देउवा पनि रिट लिएर सर्वोच्च पुगेका थिए।

    देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए।

    १९ मध्ये ४ वटा रिट तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन र धारा ७६ ९५० को प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियुक्त गर्न मााग गरिएका छन् । सबै रिटमाथिको सुनुवाई राणाकै इजलासमा हुनेछ । सबै रिटमा विपक्षी राष्ट्रपति कार्यालयलाई बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images