images
images
  • कक्षा दशका विद्यार्थीले उत्तर पुस्तिकामा पुष्पा फिल्मको डाइलग लेखेर घर फर्केपछि…

    केही दिनअघि दक्षिण भारतीय सिनेमा पुष्पाः द राइजले मान्छेका चप्पल मात्र खुस्काइदिएन, कुम बाङ्गो पारेर नाच्ने बनाइदियो । फिल्मका गीत र डायलगहरूले मानिसहरूको मन र मस्तिष्कमा यस्तो जादु गर्‍यो, जोकोही फिल्मको गीत र डाइलगहरूमा रील्स बनाइरहेका छन् । अनि सोसल मिडियामा शेयर गरेर भ्युज बटुलिरहेका छन् ।

    ‘तेरी झलक असर्फी’ बोलको गीतमा अल्लु अर्जुन नाच्दा चप्पल खुस्केर फेरि लाएको सिनमा धेरैले टिकटक बनाए । यति मात्र होइन, पुष्पा नाम सुनके फ्लावर समझा क्या, फायर हें मैुं भन्ने डाइलगमा बच्चादेखि ज्येष्ठ नागरिकसम्मले कुम बंग्याए ।

    यहाँसम्म त ठीकै थियो । हुँदाहुँदा १० कक्षामा पढ्ने एक बालकले बोर्ड परीक्षाको उत्तर पुस्तिकामै पुष्पा फिल्मको डाइलग लेखेर घर फर्केका छन् । केही दिनअघिको यो घटना भारत पश्चिम बंगालको हो । ती बालकले बुझाएको उत्तर पुस्तिका यति बेला सोसल मिडियामा भाइरल बनेको छ । भाइरल बनेको तस्वीरमा देखिएअनुसार विद्यार्थीले आफ्नो उत्तर पुस्तिकामा लेखेका छन्, ‘पुष्पा, पुष्पराज…..अपुन लिखेगा नहीं ।’

    फिल्मको वास्तविक डाइलग पुष्पा, पुष्पा राज, मैं झुकेगा नही हो । तर बालकले यसलाई आफ्नै तरिकाले शंशोधन गरी उत्तर पुस्तिकामा लेखिदिएका छन् । ती बालकले पूरै उत्तर पुस्तिकामा यो डाइलगबाहेक अरू केही लेखेका थिएनन् ।

    विद्यार्थीमा परेको फिल्मको यसखाले प्रभावलाई लिएर शिक्षक र अभिभावले चिन्ता जनाएका छन् । अर्कातिर यही आन्सर सिटको मानिसहरूले भरपुर मजा लिइरहेका छन् । अनि सामाजिक सञ्जालमा मजाकका रूपमा शेयर गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images