images
images
  • भोटेकोशी माओवादीमा धेरैले चाहना राखेपछि राजकुमारकै खोजी

    सिन्धुपाल्चोक-नेकपा माओवादी केन्द्र भोटेकोशी गाउँपालिकाका बिभिन्न वडाहरुमा उम्मेदवार चयन भएका छन् । तर, अध्यक्षमा आकांक्षी धेरै देखिएका छन् ।

    वडा नम्वर एक र ३ का अध्यक्ष र सदस्य सर्वसहमत रुपमा चयन भएका छन् । वडा नम्वर एकका लागि ईन्द्र श्रेष्ठ उम्मेदवार चयन भएका छन् । त्यसैगरी वडा नम्वर तीनमा निमासोना शेर्पा पनि चयन भएका छन् । वडा कमिटीले निर्णय गरेर उनीहरुलाई उम्मेदवार चयन गरिएको माओवादी भोटेकोशीले जनाएको छ । गठवन्धननै अन्यौलमा रहेकाले पनि यहाँ उम्मेदार चयन गर्न ढिलाई भएको बताईन्छ । तथापि जनताको चाहना अनुरुपको उम्मेदवार चयन गर्न पनि माओवादी नेताहरुमाथि दवाव परेको छ ।

    अघिल्लो स्थानीय तहको निर्वाचनमा तेस्रो शक्ति भएको माओवादीलाई बिजय गराउन सफल राजकुमार पौडेललाई नै पुनः उम्मेदवार बनाउनु पर्ने माग तल्ला तहका माओवादी कार्यकर्ताले माग गरेका छन् । तर, हालका उपाध्यक्ष दावुटी शेर्पा, माओवादी पालिका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा,लाक्पा शेर्पा र फुनू शेर्पाले पनि अध्यक्ष बन्ने आकांक्षा राखेपछि माओवादी भोटेकोशीको उम्मेदवार चयन प्रकृया अलि कसिलो बन्न थालेको हो । धेरै आकाक्षी भएपछि बिकल्पको रुपमा राजकुमार पौडेललाई उम्मेदवार बनाउन पर्ने आवाज उठेपछि नेताहरु पनि दवावमा परेका छन् । गठबन्धन भएपनि अघिल्लो पटक माओवादीले जितेको पालिका भएका कारण पुनः उसैको भागमा पर्ने केन्द्रको सहमति भएका कारण पनि यो पालिका माओवादीले पाउने भएको र काँग्रेसले सहयोग गरेमा सहज जित हासिल गर्न सकिने कारण पनि उम्मेदवारको संख्या बढेको स्थानीय एक माओवादी कार्यकर्ताले बताए ।

    अघिल्लो निर्वाचनमा राजकुमार पौडेल उम्मेदवार भएकै कारण जितेको बताउने ती माओवादी कार्यकर्ता अहिले पनि भोटेकोशीमा काँग्रेस पहिलो शक्ति रहेको स्वीकार गर्छन् । त्यसोत यहाँ नेपाली काँग्रेसले माओवादीलाई सहयोग गर्ने अवस्था देखिएको छैन । यो पालिकामा माओवादीको संगठन बृद्धि गर्न राजकुमार पौडेलको ठूलो भूमिका भएको र अध्यक्ष भएपछि पनि आर्थिक अनियमितता धेरै नदेखिएका कारण उनैलाई एक पटक मौका दिनु पर्ने अधिकांश कार्यकर्ताको माग रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images