images
images
  • युएन मिसनमा नेपालको ६४ वर्ष: ८५ नेपाली सुरक्षाकर्मीले गुमाए ज्यान

    काठमाडौं –  विश्व शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिएको ६४ वर्षयता ८५ नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । जसमा सबैभन्दा धेरै हिस्सा नेपाली सेनाका सुरक्षाकर्मीको छ । नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने क्रम लेबनानबाट सन् १९५८ देखि सुरु भएको थियो । नेपाली सेनाका पाँच ‘अब्जर्भर’बाट सुरु भएको मिसनमा हालसम्म एक लाख ४० हजार दुई सय दुई सुरक्षाकर्मी विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिसकेका छन् । यसक्रममा नेपाली सेनाका मात्रै ७२ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पनि मिसनकै क्रममा मृत्यु भएका छन् ।

    मंगलबार मात्रै नेपाली सेनाका सिपाही अनिल गुरुङले द्वन्द्वग्रस्त मुलुक कंगोमा ज्यान गुमाउन पुगे । अपरेसन ‘बाली’मार्फत उनी मिसनमा खटिएका थिए । विद्रोही पक्षबाट हानिएको गोली अचानक उनलाई लाग्न पुग्यो । सोही चोटका कारण उनको मृत्यु हुन पुगेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । ‘कंगो मिसनमा उनी अपरेसन ‘बाली’अन्तर्गत फिल्डमा थिए । मंगलबार विद्रोही पक्षबाट फायर भयो । उनलाई गोली लाग्न पुग्यो । चोटका कारण उनले साहदत प्राप्त गर्न पुगे,’ उनले भने ।

    गुरुङलाई मंगलबार साँझ ६ बजे विद्रोही लडाकुले हानेको गोली लागेको थियो । चोटका कारण घटनास्थलमै ढलेका उनलाई उपचारका लागि नेपाली सेनाका सुरक्षाकर्मीले तत्काल अस्पताल पुर्‍याएका थिए । तर, उनको उपचारकै क्रममा मृत्यु भएको थियो । ०६६ मा सेनामा जागिर सुरु गरेका गुरुङ गत ८ पुसमा मात्रै मिसनका लागि कंगो पुगेका थिए । सुर्खेत गुर्भाकोट–१४ बस्दै आएका उनका श्रीमती र १२ वर्षका एक छोरा छन् ।

    सिपाही अनिल गुरुङ कंगो मिसनमा उनी अपरेसन ‘बाली’अन्तर्गत फिल्डमा थिए । मंगलबार विद्रोही पक्षबाट फायर भयो । उनलाई गोली लाग्न पुग्यो । सोही चोटका कारण उनले सहादत प्राप्त गर्न पुगे । -सहायक रथी नारायण सिलवाल, सैनिक प्रवक्ता

    द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा नेपाली सुरक्षाकर्मी
    सेनाका अनुसार नेपाली सुरक्षाकर्मी हालसम्म द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा खटिसकेका छन् । जसमा सेनाका सहभागिता सबैभन्दा धेरै छ । त्यसो हुँदा सहादत प्राप्त गर्ने सैनिक पनि सेनाकै धेरै छन् । सेनाको तथ्यांकअनुसार सबैभन्दा धेरै सैनिक लेबनानमा मारिएका छन् । लेबनानमा मात्रै हालसम्म ३१ सैनिकले सहादत प्राप्त गरेका छन् । मिसनका क्रममा खटिनेमध्ये सेनाका सिपाही गंगाबहादुर दर्लामीले पहिलोपटक सहादत प्राप्त गरेका थिए । ५ पुस ०३६ मा उनले लेबनानमै ज्यान गुमाउन पुगेका थिए । तथ्यांकअनुसार द्वन्द्वग्रस्त मुलुक सोमालियामा पनि हालसम्म १० सैनिकले ज्यान गुमाएका छन् । हाइटीमा ६, कंगोमा ६, सुडानमा चार, सेरालियोनमा तीन, बुरुन्डीमा तीन, युगोस्लाभियामा दुई, लिबियामा एक र अन्य मुलुकमा ६ गरी कुल ७२ सैनिकले शान्ति स्थापनार्थ मिसनकै क्रममा सहादत प्राप्त गरेका छन् । ‘मिसनमा खटिएका अनिलले जस्तै सहादत प्राप्त गर्ने सैनिकको सूची नेपाली सेनासँग लामो छ । हालसम्म सहादत प्राप्त गर्ने सैनिकको संख्या ७२ पुगेको छ,’ सैनिक प्रवक्ता सहायक रथी सिलवालले भने ।

    युएन आवासीय संयोजक हवार्ड र प्रधानसेनापति शर्माबीच भेट
    प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ नेपालका लागि आवासीय संयोजक रिचर्ड हवार्डबीच बुधबार सैनिक मुख्यालय भद्रकालीमा भेटवार्ता भएको छ । भेटमा मंगलबार सहादत प्राप्त सैनिक अनिल गुरुङको बहादुरीपूर्ण कार्यको सन्दर्भमा कुराकानी भएको थियो । उनले गुरुङका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगका लागि आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता जनाएको नेपाली सेनाले जानकारी दिएको छ । यसक्रममा हवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा खटिएका नेपाली शान्ति सैनिकले पु¥याएका योगदानको प्रशंसा गरेका थिए । यसक्रममा उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने अनमो र अनसो तालिमको अन्तर्राष्ट्रिय मान्यताका लागि अवश्यक प्रक्रिया अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    युएन मिसनमा सुरक्षाकर्मी खटाउने मुलुकमध्ये नेपाल दोस्रो
    शान्ति स्थापनार्थ ११ वटा विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सुरक्षाकर्मीको संख्या पाँच हजार पाँच सय ३६ छ । शान्ति स्थापनार्थ सैनिक खटाउने विभिन्न एक सय २० मुलुकको तुलनामा यो दोस्रो ूलो संख्या हो । शान्ति स्थापनार्थ सैनिक खटाउने मुलुकमध्ये सबैभन्दा अगाडि बंगलादेश छ । हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकमा बंगलादेशका ६ हजार चार सय ४७ सैनिक परिचालित छन् । नेपालपछि सबैभन्दा धेरै सैनिक खटाउनेमा भारत (५४८१), रुवान्डा (५२६३), इथोपिया (४८५६), पाकिस्तान(३९४९), इजिप्ट (२८१८), इन्डोनेसिया (२८१८), घाना (२२९६) लगायतका देश छन् । नेपाली सुरक्षाकर्मी हाल कंगो, दक्षिण सुडान, वेस्ट सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्टर अफ्रिका रिपब्लिक, इराक र लिबियामा खटिएका छन् ।

    यी हुन् मिसनमा ज्यान गुमाएका सेना र सशस्त्रका ७४ सुरक्षाकर्मी

    बाबुराम गिरी
    भरतबहादुर थापा
    केदारबहादुर खत्री
    डम्बरबहादुर खड्का
    ईश्वरबहादुर खड्का
    लोकबहादुर राउत
    पुकार थापा
    भरतराज कार्की
    भरतप्रसाद सिंह
    खिमबहादुर दुरा
    मोहनकाजी श्रेष्ठ
    नरबहादुर मगर
    रिदेश विष्ट
    थिरप्रसाद गौतम
    पीताम्बर थापा
    दीपेन्द्र वस्ती
    अनिल गुरु
    कृष्ण खनाल
    सीताराम काफ्ले
    विष्णुप्रसाद पोखरेल
    पोषराज अधिकारी
    रेवतबहादुर दराई
    भगवता न्यौपाने
    दीपक थापामगर
    शरदविक्रम राणा
    निर्मलकुमार राई
    दारबहादुर अभी
    जगन्नाथ बास्तोला
    टेकजंग थापा
    बमबहादुर घले
    चक्रबहादुर खड्का
    चक्रपाणि अर्याल
    मानबहादुर रानामगर
    मानबहादुर मगर
    रामबहादुर पाण्डे
    ध्रुवबहादुर बोहरा
    नयनसिंह भण्डारी
    डा.अमिर थापा
    चूडामणि पाण्डे
    तुलबहादुर भुजेल
    खेटराज वाग्ले
    कृष्णप्रसाद लम्साल
    नेत्रबहादुर राई
    गंगाबहादुर दर्लामी
    लोकबहादुर राम
    रामबहादुर गुरुङ
    नवराज ढकाल
    शिवकुमार पुन
    पृतमराज सिंखडा
    लक्ष्मण तामाङ
    चन्द्रभूषण सुवेदी
    रामबहादुर तामाङ
    कृष्णबहादुर बोहरा
    टोपबहादुर तामाङ
    गोपालबहादुर परियार
    ईश्वरीबहादुर तामाङ
    जयनारायण शर्मा
    देवीराम जैसी
    ओमबहादुर आले
    झलकमान तामाङ
    गंगाधर सिग्देल
    कृष्णबहादुर सार्की
    वीरबहादुर तामाङ
    युवराज बस्ती
    एकबहादुर दराई
    राम केसी
    वीरबहादुर गुरुङ
    श्यामबहादुर कटवाल
    ऋषिराम ढकाल
    मोहन सिंह
    कवीन्द्रजंग थापा
    ज्ञानबहादुर अधिकारी
    चिरन्जीवी खत्री
    दिलबहादुर कार्की
    मिलनकुमार कार्की

    -नयाँ पत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images