• अन्तत: योगेश भट्टराई र गोकर्ण विष्ट पनि फर्किए माधव नेपाल पक्षमा


    काठमाडौं । माधवकुमार नेपाललाई अन्तिम समयमा साथ नदिएका एमाले नेताहरु गोकर्ण बिष्ट र योगेश भट्टराई फेरि फर्किएका छन् ।

    उनीहरुको नाम आज नेपालसहित एमालेको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेका १५ नेताको ओलीविरुद्धको विज्ञप्तिमा देखिएको छ ।

    बुधबार भट्टराई र विष्ट दुबैले नेपाल समूहका  झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर वक्तव्य निकालेका हुन्।

    ओलीको पछिल्लो कदमको चर्को आलोचना गर्दै त्यसविरुद्ध लाग्न गरिएको अपिलमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुको नाम छ । जसमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईको पनि नाम छ ।

    यसअघि योगेश देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल समूहका सांसदले गरेको हस्ताक्षरबाट पछि हटेका थिए । तर विष्टले राष्ट्रपतिलाई राष्ट्रपतिलाई बुझाएको १४९ जनाको सूचीमा हस्ताक्षर भने गरेका थिए।

    भट्टराईमाथि नेपाल समूहमाथि धोका दिएको आरोप समेत लागेको थियो । हस्ताक्षर गरेका गोकर्ण बिष्ट सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने रिटमा हस्ताक्षर गर्न मानेका थिएनन् । दुवै नेताले आफूलाई एकताको पक्षमा उभ्याएको सन्देश दिन खोजिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्