images
images
  • पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्य एमाले प्रवेश गर्दै

    काठमाडौं- पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

    नेकपा माओवादी केन्द्रबाट विजयी भई मुख्यमन्त्री सम्हालेका शाहीका प्रमुख स्वकीय सचिव आचार्यलाई पार्टीमा प्रवेश गराउन एमाले अध्यक्ष केपी ओली कालिकोट पुगेका छन् ।

    कालिकोटको म्यान्ममा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममार्फत ओलीले माओवादी, कांग्रेसका नेता र कार्यकर्तासहित करिब चार सय जनालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

    ओलीले दैलेखको दुल्लु, जुम्लाको सिंजामा पनि पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images