images
images
  • प्रधानमन्त्री देउवा भारत चैत्र १८ मा भ्रमण जादै

    काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आगामी १८ गते तीनदिने भारत भ्रमणमा जान लागेका छन् ।

    चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

    यसअघि ‘गुजरात समिट’मा जाने तयारी गरे पनि देउवाको भ्रमण कोरोना महामारीका कारण समिट नै रद्द भएपछि रोकिएको थियो ।

    बालुवाटार स्रोतका अनुसार देउवाले तीन दिन भारतमा बिताउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images