images
images
  • पल शाहविरुद्ध तेस्रो पटक म्याद थप, ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    दमौली- नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरिएको छ । शाहविरुद्ध आज तनहुँ अदालतबाट ५ दिनको म्याद थप भएको हो ।

    शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । शाहविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो ।

    नवलपुरमा पनि जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो । नवलपुर अदालतमा शाहविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

    सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर अदालतमा मुद्दा दायर गरेको छ । यस्तै अनुसन्धानका लागि पक्राउ परेका शाहका व्यवस्थापक कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको छ ।

    अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images