images
images
  • बलिउडको त्रिकोणात्मक चर्चामा रहने रणवीर, आलिया र दीपिका सञ्जयको फिल्ममा


    मुम्बई। एक समय थियो, जब रणवीर कपूर र अभिनेत्री दीपिका पादुकोणको प्रेममा पागल थिए । तर दुईबीचमा दुरी आएपछि यो जोडी सदाका लागि अलग्गियो ।

    हाल दीपिका विवाह गरेर घर बसाइसकेकी छन् । रणवीर भने अभिनेत्री आलिया भट्टसँग डेटमा रमाइरहेका छन् । रणवीर कपूर, आलिया भाट र दीपिका पादुकोणको यो त्रिकोणको बारेमा बलिउडमा चर्चा भइरहन्छ ।

    एबीपी लाइभका अनुसार यी तीन कलाकारको लोकप्रियतालाई नजिकबाट नियालिरहेका निर्देशक सञ्जय लीला भन्सालीले उनीहरुलाई एकसाथ पर्दामा ल्याउने योजना बनाइरहेका छन् ।

    उनले बनाउने फिल्म ‘बैजू बावरा’मा दीपिकाले डाकु रुपमती’को भूमिका निभाउने चर्चा भइरहँदा सञ्जयले रणवीर र आलियालाई पनि यो फिल्ममा ल्याउन चाहेका छन् ।

    फिल्ममा आलियालाई दोस्रो प्रमुख भूमिकामा अफर गरिएको छ । फिल्ममा पुरुष प्रमुख भूमिकामा रणवीर कपूर हुनेछन् । यद्यपि यी तीन कलाकारले अहिलेसम्म फिल्मका लागि सहमति जनाइसकेका छैनन् ।

    रणवीरले दीपिकासँग कैयौंपटक स्क्रिन शेयर गरिसकेका छन् । उनीहरुको जोडीलाई दर्शकले पनि उत्तिकै रुचाएका छन् । आलिया र रणवीर फिल्म ‘ब्रह्मास्त्र’मा पहिलोपटक सँगै देखिँदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images