images
images
  • ल्याण्डफिल्ड साइडको समस्या समाधान गर्न ‘र्‍यापिड एक्शन टास्क फोर्स’ गठन गरिने

    काठमाडौँ– सरकारले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ।

    बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको हो।

    शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्व आवश्यक कार्य प्रारम्भ गर्न र्‍यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय गरेको बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images