मोरङ- माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिका प्रमुख दिलिप अग्रवाल र उपप्रमुख केशवकुमारी खराल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले मोरङले बुधबार आयोजना गरेको तराई मधेस केन्द्रित बृहत् जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।
उनीहरूसँगै वडा १ का अध्यक्ष कृष्ण खनाल, वडा ५ अध्यक्ष महानन्द मण्डल र वडा ७ का अध्यक्ष रामचन्द्र मण्डल पनि पार्टी प्रवेश गरेका छन् । उनीहरू तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए ।
एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल पनि रहेका छन् । एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए ।


विश्व खबर 



















