images
images
  • मोवाईलको निहुँमा आठ वर्षीय बालकले गरे आत्महत्या

    सुर्खेत- वीरेन्द्रनगरमा आठ वर्षका एक बालकले आत्महत्या गरेका छन्। वीरेन्द्रनगर नगरपालिका –१ धारापानीका बालकले (नाम गोप्य राखिएको छ) घरमै आत्महत्या गरेका हुन्।

    बुवासँग मोवाईल किन्न भनेको तर, नकिनेपछि आत्महत्या गरेको हुनसक्ने परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ। सानो उमेरमा झुण्डीएर आत्महत्या गरेको घटनालाई सबैलाई स्तब्ध पारेको छ।

    आठ वर्षको बालक झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेको र अनुसन्धान भइरहेको सुर्खेतका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताए। सानो उमेरमा बच्चा झुण्डिएर आत्महत्या गर्नु सवैका लागि अच्चमको कुरा भएकाले प्रहरीले गहिरो अनुसन्धान गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images