images
images
  • छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

    काठमाडौं- मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ ।

    मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो ।

    खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तनहुँको भानु नगरपालिका–१ चुदी खोलामा डुबेर सोही ठाउँस्थित एसबीएस इँटाभट्टामा काम गर्ने रोल्पा थपाङ गाउँपालिका–६ बस्ने १८ वर्षीय सुनिल बुढा मगरको आइतबार मृत्यु भएको छ ।

    साथीहरूसँग खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मोती अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दुई वर्षीय अनुरोध तमाङको डुबेर आइतबार मृत्यु भएको छ ।

    घर नजिकै रहेको पानीको खाल्टोमा डुबेर अशक्त भएका उनको उपचारको लागि बीएन पोलीक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    दाङको घोराही उपमहानगरपालिका–९ तेघरा बस्ने १८ महिनाकी बालिका सृष्टी बुढाको आइतबार डुबेर मृत्यु भएको छ ।

    आफ्नै घरमा खेल्ने क्रममा पानीको वाल्टीमा डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images