images
images
  • बलात्कार आरोपी एमाले सांसद बानियाँ निलम्बित

    काठमाडौं- बलात्कार गरेको आरोपमा पक्राउ परेका एमालेका मोहन बानियाँको सांसद पद निम्बनमा परेको छ ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन् ।

    मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

    उनी जिल्ला प्रहरी कार्यालय बाँकेको न्यायिक हिरासतमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images