images
images
  • पल शाह प्रकरणप्रति महिला आयोगको गम्भीर ध्यानाकर्षण

    काठमाडौं- नाबालिग गायिका बलात्कार अभियोगमा अभिनेता पल शाह पक्राउ परेको र त्यस विषयमा बाहिर भइरहेका गतिविधिप्रति राष्ट्रिय महिला आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई नै असर पर्ने गरी पक्ष र विपक्षमा अभिव्यक्ति सार्वजनिक भइरहेको तथा प्रतिवादीका पक्षमा प्रदर्शन भइरहेको भन्दै आयोगले आपत्ति जनाएको हो।

    घटनाबारे तदारुकता साथ सत्य तथ्य छानविन गरी यस्तो हुन नदिन र पीडितलाई न्याय दिलाउन आयोग सम्बन्धित निकायलाई आयोगले ध्यानाकर्षण गराएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘बलत्कार, गर्भपतन, र्यौन दुव्र्यबहार, मानव बेचबिखन, जीउ मास्ने बेच्ने हाडनाता करणी एवं महिला विरुद्धको हिंसा लगाएतका मुद्दामा पीडीतको ब्यक्तिगत परिचयात्मक विवरण गोप्य राख्नु भन्ने आदेश विपरीत रहेकोले यस घटनाप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यान आर्कषण भएको छ।’

    pal bigyapti mahila aayog 1 nWVBQ0rdbB

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images