images
images
  • ‘एनसेल’ले ल्यायो नयाँ अल टाइम डेटा प्याक, बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम

    काठमाडौं- एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।

    नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु. १२५ मा सुचारु गर्न सक्छन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १४७ मा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको छ ।

    यी प्याकहरु आज मंगलबार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ ह्यास (*१७१२३#) डायल गरि सुचारु गर्न सक्नेछन् ।

    • मात्र रु १२५ मा ७ दिनको समयसिमा भएको ५ जीबी अल टाइम डेटा
    • ४ जीबी अल टाइम डेटा, भाइबर चलाउन ५०० एमबी डेटा र नन्स्टप नन्स्टप यूट्युबको अब मात्र रु. १४७

    प्रतिक्रिया दिनुहोस्
    images
    images