images
images
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ २० सम्म थपियो ,तरकारी र खाद्यान्न पसल बिहान ९ बजेसम्म खुल्न पाउने


    काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्बिएको छ ।

    मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

    उपत्यकामा गएको वैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा जारी छ ।भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

    मंगलबार बसेको उपत्यकाका तीनैवटा सीडीओहरुको भर्चुअल बैठकले तरकारी र खाद्यान्न पसलहरु बिहान ९ बजेसम्म मात्र खुल्न दिने निर्णय गरेको हो ।

    पसलहरुबाट भाइरस संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासनहरुले पसल खुल्ने अवधि घटाएका हुन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सामाजिक दूरी कायम गर्दै पसल ९ बजेसम्म खुलाउन अनुमति दिने बताए ।

    प्रशासनका यी निर्णय १४ गतेदेखि कार्यान्वयनमा जनाइएको छ ।मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

    उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गर्ने निष्कर्षमा तीनैवटा सीडीओहरु पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images