images
images
  • एमसीसीको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को पक्षमा उभिने निर्णय गरेको छ । एकीकृत समाजवादीको आइतबार दिउँसो बसेको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

    यसअघि आइतबार बिहान बसेको गठबन्धन बैठकको निर्णयअनुसार एकीकृत समाजवादीले एमसीसीमाथि व्याख्यात्मक टिप्पणीसहितको घोषणालाई सर्मथन गर्दै अनुमोदन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव गंगाधर तुलाधरले जानकारी दिए ।

    उनका अनुसार घोेषणालाई सम्झौताको अंग मानिनुपर्ने सर्तमात्र एमसीसीको पक्षमा उभिने निर्णय गरिएको हो ।

    एमसीसीको विपक्षमा उभिँदै कार्यकर्र्तालाई सडकमा उतारेको एकीकृत समाजवादी अन्ततः एमसीसीको पक्षमा उभिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images