काठमाडौं-कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए ।
उनले ‘मनको बाँधु’,’छक्कापञ्जा’लगायतका चलचित्रमा अभिनय गरेका छन् ।पछिल्लो समय टेलिचलचित्र ‘हल्का रमाइलो’मा देखिँदै आएका लामाले सयभन्दा धेरै चलचित्रमा अभिनय गरेका छन्।उनले २०३० सालमा चलचिधत्र ‘मनको बाँध’बाट अभिनय यात्रा सुरु गरेका थिए। लामा लोक गायक तथा संकलक पनि हुन्। उनले थुप्रै मौलिक लोकगीत गाउनुका साथै संकलन गरेका छन्।
अहिले पोस्टमार्टमका लागि भक्तपुर लैजान लागिएको थापाले जानकारी दिए । लामाका कलकत्ते काइँयो, चुईंचुईं चुइँकने जुत्ता, मूलाको चनालगायतका चर्चित गीत गाएका छन् । उनी ६५ वर्षका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















