images
images
  • एनसेलले सुरु गर्यो’गज्जबको डेलि जीबी प्याक’: डेटा किन्दा २० देखि ६० रुपैयाँसम्म क्यास ब्याक, ५९९ को डेटा किन्दा ६० रुपैयाँ फिर्ता

    काठमाडौं-एनसेल आजियाटा लिमिटेडले ‘गज्जबको डेलि जीबी प्याक’ अन्तर्गतका तीन विभिन्न प्याकहरुमा २० देखि ६० रुपैयाँसम्मको क्यास ब्याक अफर सञ्चालनमा ल्याएको छ ।

    गज्जबको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन वा ३० दिनसम्म दैनिक १ जीबी र ७ दिनसम्म दैनिक २ जीबीको गजब्बको डेलि जीबी प्याक किन्दा क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

    ७ दिनका लागि मान्य रहने दैनिक १ जीबी गज्जबको डेटा प्याक ग्राहकले कर सहित मात्र एकसय ६९ रुपैयाँमा पाउनेछन्।यो प्याक सुचारु गर्ने ग्राहकले २० रुपैयाँ क्यास ब्याक अर्थात् बोनस ब्यालेन्स पाउँछन् । त्यसैगरी ग्राहकले कर सहित दुई सय ६९ रुपैयाँमा ७ दिनको समयसीमा रहेको दैनिक २ जीबी डेटा प्याक खरिद गर्दा ३० रुपैयाँ क्यास ब्याक पाउने कम्पनीले जनाएको छ।

    धेरै लामो समयसिमा रहेको डेटा प्याक प्रयोग गर्न चाहने ग्राहकले ३० दिनको समयसीमा रहेको दैनिक १ जीबी डेटा प्याक पाँच सय ९९ मा लिन सक्नेछन्। यो प्याक लिने ग्राहकले ६० रुपैयाँ क्यास ब्याक पाउने बताइएको छ। यस गज्जबको डेलि जीबी डेटा प्याक अन्तर्गत प्राप्त क्यास ब्याक ग्राहकले पे एज यू गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images