images
images
  • एमाले हुम्लाको स्थगित अधिवेशन सुरू

    सुर्खेत- नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो ।

    यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौैं ।’

    अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिए ।

    अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिने कार्यवाहक अध्यक्ष बुमीले बताए । ‘आंकाक्षी साथीहरू हुनुहुन्छ । तर, हामी सहमतिकै आधारमा नेतृत्व चयन गर्छौँ ।’ उनले भने, ‘सहमति हुन नसके प्रक्रियामा अगाडि जान्छ ।’

    कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images