images
images
  • जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै

    जुम्ला- जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ । राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो ।

    मार्सीधान खेती गर्ने जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ । राजमार्ग खुलेपछि आफूले पाँँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका ७ कि तारा थापाले बताइन् ।

    उनका अनुसार खेतीयोग्य जमिन मासिन थालेपछि रैथाने अन्न बाली बचाउन कठिन भएको उनले बताइन् । खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज, ट्रायल सेन्टर बनेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images