images
images
  • ललितपुरको बाग्डोलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    ललितपुर- ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् ।

    मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो ।

    मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images