images
images
  • महाअभियोगपछि प्रधानन्यायाधीश राणको प्रतिक्रिया: म राजीनामा दिन्नँ,महाभियोग प्रस्ताव फेश गर्छु’

    काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्ने बताएका छन् ।

    संसदमा महाअिभियोग प्रस्ताव दर्ता भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश राणाले फेश गर्ने तर राजीनामा नदिने बताएका हुन्। उनले भने, ‘म राजीनामा दिन्नँ । महाभियोग प्रस्ताव फेश गर्छु ।’

    आजमात्रै सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । राणाले यसअघिदेखि नै आफूले संवैधानिक रुपमा नियुक्त भएकोले संवैधानिक तवरले हटाउन खोजे त्यसको सामना गर्ने बताएका थिए ।

    राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले पनि विगत १ सय ५ दिनदेखि आन्दोलन गर्दै आएको छ । केहि समयदेखि कोरोना महामारीका कारण भर्चुअल रुपमा आन्दोलन गर्दै आइरहेको बारले आजदेखि फेरि भौतिक उपस्थितीमै सर्वोच्च परिसरमा आन्दोलन सुरु गरेको छ ।

    राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका छन् । राणलेले भने, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्नु भएको हो । यसमा त म खुसी नै छु ।’

    आधार पुष्टि गर्ने कुरा पछिको कुरा भएको बताउँदै उनले थपे, ‘मैले सुरुदेखि नै विधि र प्रक्रियाबाट जानुपर्छ भन्दै आएको हुँ । हामी विधि र प्रक्रियाबाट स्थापना भएका पदाधिकारी हौँ । त्यो भन्दाबाहेक गर्दा राम्रो हुँदैन भनेको थिएँ । मेरो दायित्व र कर्तव्य संवैधानिक हो । त्यसलाई पालना गर्न म सधैँभर तत्पर छु ।’

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images