कोरोना भाइरस संक्रमणको पत्ता लगाउनको लागि आरटीपीसीआर टेस्टमा नै सबैभन्दा बढी भरोसा गरिन्छ तर टेस्टको रिपोर्ट आउनमा काफी समय लाग्दछ । चीनले यस समस्याको हल निकाल्दै कोभिड १९ को टेस्ट गर्नको लागि अनौठो टेस्टिंग सिस्टम डेवलप गरेको छ ।
यस टेस्टिंग सिस्टमको खास कुरा यो छ कि यसमा टेस्टको नतीजा मात्र ४ मिनेटमा सामुन्ने आउँदछ । दाबी गरिएको छ कि यस टेस्टको माध्यमबाट आउने नतीजा RTPCR टेस्टको जस्तै सटीक हुन्छ ।
द हिन्दुको रिपोर्टको अनुसार नेचर बायोमेडिकल इंजिनियरिंग जर्नलमा सोमबारको प्रकाशित भएको एक पीयर रिव्यु आर्टिकलमा शोधकर्ताहरुको टीमको भनाई छ कि स्वैबबाट जेनेटिक मटेरियलको विश्लेषण गर्नको लागि माइक्रोइलेक्ट्रानिक्सको प्रयोग गरेर त्यसको सेंसर, कोविड लैबमा गरिन पीसीआर टेस्टमा लाग्ने समयको कम गर्न सक्दछ ।
शंघाईमा फुडन युनिवर्सिटीको शोधकर्ताहरुद्धारा बनाइएको डिभाइस, स्वैब सैंपलमा जेनेटिक मेटिरियललाई पत्ता लगाउने र यसलाई इलेक्ट्रिकल सिंगनलमा बदल्नको लागि, माइक्रोइलेक्ट्रिानिक्सको साथ डीएनएको सानो मैकेनिकल कपोंनेटका प्रयोग गर्दछ । यो डिवाइस कम्प्युटर वा स्मार्टफोनसँग जोडिएको हुन्छ जहाँ टेस्टको नतीजा देखाइएको हुन्छ ।
शोधकर्ताहरुको भनाई छ कि त्यसको तरिका तेज छ, चलाउनमा सजिलो छ, साथै निकै संवेदनशील र पोर्टेबल पनि छ । त्यसको ट्रायलमा शंघाइबाट कोरोना भाइरसबाट संक्रमित ३३ मानिसहरुको सैंपल लिइयो । साथै यसको पीसीआर टेस्ट पनि गरियो । त्यसको टेस्टिंगको सिस्टमको नतीजा पनि पीसीआर टेस्टको नतीजासँग पूर्ण रुपले मेल खान्छ ।
शोधकर्ताहरुको भनाई छ कि यो टेस्टिंग सिस्टम डेवलप भएपछि यसको प्रयोग हवाई अड्डा, स्वास्थ्य सुविधा र घरमा चाँडै नतीजा पाउनको लागि गर्न सकिन्छ । यति मात्र होइन शोधकर्ताहरुको दाबी छ कि यस डिभाइसबाट अरु बिमारीको पनि पत्ता लगाउन सकिन्छ ।


विश्व खबर 




















