images
images
  • त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन, रोकिएका परीक्षा नियमित (सूचनासहित)

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।

    बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।

    कोरोनाको तेस्रो लहर सुरु भएसँगै त्रिविले गत ९ माघदेखि विभिन्न तहका परीक्षासमेत स्थगित गरेको थियो । मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    1.jpg 24

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images