images
images
  • एसईई वैशाख ९ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय

    काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ ।

    बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको बताए ।

    स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images