images
images
  • थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

    काठमाडौं- पछिल्लो चौबिस घण्टामा देशभर २ हजार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ११ हजार ६०३ जनाको पीसीआर र ४ हजार ७५३ जनाको एन्टीजेन गरी कूल १६ हजार ३५६ जनाको कोरोना परिक्षण गरिएको थियो ।

    बितेको चौबिस घण्टामा ७ हजार ७७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा कूल ११ लाख ६ हजार ६१७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये हालसम्म ११ हजार ८५२ जनाले ज्यान गुमाएका छन्

    प्रतिक्रिया दिनुहोस्
    images
    images