images
images
  • वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेल

    काठमाडौं- वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन्।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई दिएका हुन् ।

    विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् । काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

    यसअघि पौडेल भूमि व्यवस्था विभागका महानिर्देशक थिए। सरकारले उनलाई श्रम मन्त्रालयमा सरुवा गरेको थियो।

    विभागको नेतृत्वमा रहँदा उनले भूमि प्रशासन सुधारका थुप्रै काम गरेका थिए। प्रविधिमैत्री भूमि प्रशासन बनाउन उनी खटेका थिए। वैदेशिक रोजगार सेवालाई पनि प्रविधिमैत्री बनाउन पौडेललाई विभागको जिम्मेवारी दिइएको मन्त्रालयको भनाई छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images