images
images
  • रास्वपा सरकार बनेयता वैदेशिक रोजगारमा जाने र मर्नेको संख्या भयावह

    काठमाडौं– रास्वपा नेतृत्वको सरकार बनेयता २०८२÷०८३ मा वैदेशिक रोजगारीका क्रममा हालसम्मकै सबैभन्दा धेरै १,६०० नेपालीको मृत्यु भएको छ ।

    वैदेशिक रोजगार बोर्डका अनुसार मृतकमध्ये १,३२३ परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गरिसकिएको छ भने बाँकी २७७ परिवारलाई सहायता उपलब्ध गराउने प्रक्रिया जारी छ ।

    बोर्डका तथ्यांकअनुसार यस वर्ष दैनिक औसत ४.३८ जना र मासिक औसत ५३.३३ जना नेपालीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।

    पछिल्लो १८ वर्षमा वैदेशिक रोजगारीमा मृत्यु हुने नेपालीको संख्या १६ हजार ४१६ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images