images
images
  • सामान्य विवादमा अन्धाधुन्ध ढुंगा र बाँसको भाटाले हिर्काएर दुईको निर्ममतापूर्वक हत्या

    सिन्धुपाल्चोक (वलेफी)-सामान्य विवादमा अन्धाधुन्ध ढुंगा प्रहार गरी गएराति सिन्धुपाल्चोकको वलेफीमा २ जनाको निर्ममतापूर्वक हत्या गरिएको छ ।

    वलेफी गाउँपालिका ७ माथिल्लो चिम्लीङका ३८ वर्षका विजय तामाङले ढुंगा र बाँसको भाटाले हिर्काएर सोही ठाँउकी ७० वर्षीया बसुमाया तामाङ र उनका भाइ ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

    हत्यामा संलग्गन विजय र सन्तवीर नाताले काका–भतिजा हुन । उनीहरु दिउँसोदेखि नै सँगै मादक पदार्थ सेवन गरेर बसेका थिए । बेलुकी विवाद भएपछि विजयले एक्कासी ढुंगा प्रहार गरेर लडाएका थिए । सँगै रेहकी मृतकको दिदी बसुमायाले नहिर्काउन आग्रह गर्दे जाँदा उनलाई समेत बाँस र ढुंगाले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

    हत्यामा संग्लग्न विजयलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ। ढुंगा र बाँस प्रहारले दुवैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुईको हत्या भएपछि चिम्लीङका स्थानीय आतकित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images